नियम १११
अदालत व्यवस्थापन समिति
(१) अदालत तथा मातहतका अदालतहरुको भौतिक स्रोत साधनको व्यवस्थापन विषयमा आवश्यक नीति निर्धारण गरी त्यस्तो नीति कार्यान्वयनको अनुगमन गर्न अदालतमा एक अदालत व्यवस्थापन समिति रहनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) प्रधान न्यायाधीशले तोकेको अदालतको न्यायाधीश –अध्यक्ष
(ख) प्रधान न्यायाधीशले आवश्यकता अनुसार तोकेको
अदालतका अन्य न्यायाधीश –सदस्य
(ग) मुख्य रजिस्ट्रार –सदस्य
(घ) रजिस्ट्रार –सदस्य
(ङ) मुख्य रजिस्ट्रारले तोकेको सह रजिस्ट्रार –सदस्य–सचिव
(३) उपनियम (१) बमोजिमको समितिको बैठकमा सम्बन्धित महाशाखा प्रमुख र शाखा प्रमुखलाई आमन्त्रण गर्न सकिनेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) अदालत तथा मातहतका अदालतको भवन र आवास गृह निर्माणको मापदण्ड निर्धारण गर्ने,
(ख) अदालत तथा मातहतका अदालतको भौतिक पूर्वाधार र भौतिक स्रोत साधनको निर्माण, मर्मत सम्भार, सुधार र संरक्षण सम्बन्धी नीति निर्धारण गर्ने,
(ग) अदालत, न्यायाधीश, कर्मचारी तथा अदालतका प्रयोगकर्ताहरुको सुरक्षाको सम्बन्धमा नीति निर्धारण गर्ने,
(घ) अदालतलाई उपलब्ध बजेट बाँडफाँट र स्रोत साधन परिचालनको नीति निर्धारण गर्ने ।